काठमाडौं । सरकारविरुद्ध नेपाली कांग्रेसले आज सोमबार आयोजना गरेको देशव्यापी प्रदर्शनमा सहभागी सबैलाई सभापति शेरबहादुर देउवालाई विशेष बधाई दिएका छन् । देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट पार्टीले निष्कर्ष निकालेको छ ।
एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको सभापति देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु
विज्ञप्तिमा भनिएको छ, ‘आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु ।
प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु । प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्र्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पु-याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु ।’
सभापति देउवाले भने– ‘सामाजिक सञ्जालमार्फत योगदान पु-याउने विशेषतः युवा पंक्तिलाई बधाई र सम्मान व्यक्त गर्दछु ।’




