काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सडकबाट सरकारलाई पाँच प्रश्न गरेका छन । कांग्रेसले ७७ जिल्लमा गरेको सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्न मकवानपुरको हेटौडा पुगेका प्रवक्ता शर्माले पाँच प्रश्न गर्दै सरकारका गतिविधिको कटाक्ष गरेका हुन ।
प्रवक्ता शर्माले जनता कोरोनाको मारमा परेको बेला सरकार सत्ताको खेलमा रुपल्लिएको भन्दै आक्रोश पोखेका छन । शर्माले अस्पतला चहार्दाचाहार्दै मृत्यु भएकी स्याङ्जाकी धनमाया गुरुङ र उपचार नपाएर धनुषाका राजु सदको मृत्यु हुनु र भोकले कीर्तिपुरको सडकमा हातमा नाम्लो समाएर प्राण त्यागेका सूर्यबहादुर तामाङ जु्स्ता प्रतिनिधि पात्रको स्मरण गरेर सरकारको उदाङ्गिएको स्वरुपको चित्रण गरेका छन । सरकार वाइड बडी, ओम्नी, बुढीगण्की, सेक्युरीटी प्रेस खरिद प्रकरण जस्ता भ्रष्टाचारका काण्डमा डुवेको उनको आरोप छ ।
सरकारका गतिविधिले जनतामा चरम निरासा बढेका कारण सरकारलाई सच्याउन कांग्रेस सडकमा आउन बाध्य भएको शर्माले स्पष्ट पारेका छन । सरकारकारको सर्वसत्तावादी कदमाले लोकतन्त्रको हुर्मत लिएको समेत आरोप लागाएका छन । नेपाली कांग्रस आगामी निर्वाचनमा बहुमत लिएर सरकारमा जाने समेत उनले स्पष्ट पारे ।




