काठमाडौं । पछिल्लो २४ घण्टामा १०४४ जना कोरोना संक्रमित थपिएका छन भने १२७१ जना संक्रमित कोरोनामुक्त भएका छन । ११ जना संक्रमितको निधन भएको छ ।
७ हजार ४१४ जनाको पीसीआर परिक्षण गर्दा १०४४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ६३३ पुरुष र ४११ महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३४.५ प्रतिशत महिला र ६६.५ प्रतिशत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म २ लाख ३२ हजार ८७२ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९४.४ प्रतिशत छ । मुलुकभर १२ हजार १४८ जना सक्रिय सक्रमितमध्ये ७ हजार ३४१ जना संक्रमित होम आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ५१९ जना छन ।
गत २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृतकको संख्या १६७४ पुगेको छ । ३१० जना आसीयुमा र ५० जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।नेपालमा आरटी–पीसीआर विधिबाट १८ लाख १हजार २०४ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, ललितपुर र कास्की जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मनाङ मात्र छ ।
उपत्यकामा कति संक्रमित थपिए ?
सोमवार काठमाडौं उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये २६३ जना महिला र ३०५ जना पुरुष छन । काठमाडौंमा ४०२, ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनामा कोरोन पुष्टि भएको छ ।
कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रदेश १ मा ८९, प्रदेश २ मा २५, वागमती प्रदेशमा ६५४, गण्डकी प्रदेशमा ८६, लुम्बिनीमा ११३ , कर्णालीमा १५ र सुदुरपश्चिम प्रदेशमा ६२ जना संक्रमित थपिएका छन ।




