रिबन

प्रचण्ड फकाउन ओलीले दिए यस्तो अफर


आजका राष्ट्रिय दैनिक पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । नागरिक दैनिकले नेकपाभित्रको किचलो मिलाउन अर्का अध्यक्षलाई केपी शर्मा ओलीले दिएको अफरबारे मुख्य खबर छापेको छ । समाचारमा भनिएको छ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्व नदिए पनि हुने आशय ओलीले व्यक्त गरेका हुन् । आफूहरू दुईजना मिलेपछि सबै विषय टुंगो लाग्छन्, पार्टी र नेता कार्यकर्ताको हित पनि यसैमा हुन्छ भनेर ओलीले सहकार्यको प्रस्ताव राखेका थिए । उता नागरिक दैनिकले नै अर्का बरिष्ठ नेता माधव कुमार नेपालको चेतावनी पनि छापेको छ । दुई अध्यक्षलाई सुप्रिम नठान्न नेपालले चेतावनी दिएका छन्
गोरखापत्र दैनिकले स्थानीय तहका रिक्त पदबारे चासो देखाएको छ । खबर अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विभिन्न कारणले हाल २९ पद रिक्त भएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने अन्योल कायमै छ ।
उच्च हेमाली भेग हुम्लामा सिमा सुरक्षा गर्ने सुरक्षाकर्मीले सास्ती पाएको खबर पनि गोरखापत्रमा छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *