ताजा समाचार

सगरमाथासँगै बढ्याे नेपालकाे उचाई

आजका सबै राष्ट्रिय दैनिक पत्रपत्रिकामा सगरमाथाको उचाई बढेको समाचारले प्राथमिकता पाएको छ । नेपालले पहिलो पटक आफ्र्न प्रयासमा सगरमाथाको उचाई नापेको हो । यो खबर सबै पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ । अब सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको छ । यो खबरलाई अन्नपूर्ण पोस्ट्ले अग्लियो नेपालको शिर शिर्षकमा छापेको छ भने सर्वोच्च शिखर अझै उँचो शिर्षकमा नयाँ पत्रिकाले छापेको छ ।
गोरखापत्रले पहिलो पृष्ठमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको बारेमा समाचार लेखेको छ ।
नागरिक दैनिकले राजपुर काण्डमा मुख्य आरोपी महम्बद महबताब पक्राउ परेको बेलीविस्तारमा लेखेको छ भने मोरङका शिक्षक को विप्लव समुहले अपहरण गरी घाटी रेटेर हत्या गरेको खबरलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ। पछिल्लो समय विप्लव समुहको सक्रियता बढेको छ । मोरङ मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको शव जंगलमा फेला परेको मोरङ प्रहरीले जनाएको छ।
त्रिभुवन विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो
कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यो खबर गोरखापत्रले छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *