काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने बताए । तर बालुवाटार स्रोतका अनुसार बैठकमा पछिल्लो समय देशका विभिन्न ठाउँमा राजावादीहरूले प्रदर्शन गर्न थालेपछि सो बारेमा विशेष छलफल हुनेछ ।




