समाचार

सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाए

आज राजधानीबाट प्रकाशित सबै जसो राष्ट्रिय पत्रपत्रिकाले फरक फरक विषयबस्तुलाई समेटेर समाचार प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोस्टले लागत बृद्धि आयात प्रभावित शिर्षकमा मुख्य समाचार छापेको छ । अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले ढुवानी भाडा अत्यधिक वृद्धि गरेपछि नेपालको आयात प्रभावित बनेको छ। औद्योगिक क्षेत्रमा कच्चा पदार्थ अभाव भएको छ भने बजारमा सामानको भाउ बढ्न थालेको छ।
अन्नपूर्ण पोस्ट् लेख्छ, कोभिड–१९ को चर्को महामारीपछि केही खुकुलो भएको सामुद्रिक सिपिङ ट्रान्सपोर्ट क्षेत्रले अक्टोबरदेखि कन्टेनर ढुवानी खर्च झन्डै तीन गुणाले वृद्धि गरेको हो।
त्यस्तै सीमा सुरक्षामा नेपाली सुरक्षाकर्मीले खेप्नु परेको सास्तीलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ । उच्च पहाडी क्षेत्रमा भौतिक पूर्वाधारबिनै बीओपी राख्दा सुरक्षाकर्मीलाई सकस भएको समाचार छ । पाँचथरको ४४।३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट ९बीओपी० स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ।

त्यस्तै आजको नागरिक दैनिकले दललाई जनादेश नपचेकै हो ? शिर्षकमा नेकपाभित्रको कलहबारे समाचार लेखेको छ । जनताको मत पाएर दुई तिहाईको सरकार बनाएको नेकपालाई जनादेश नपचेको पत्रिकाले लेखेको छ । सरकारमा रहेकाले आफ्नै दलको निर्देशन नमानेर आफूखुसी अघि बढ्दा जनताले पाँच वर्षसम्म सरकार सञ्चालनका लागि दिएको जनादेशसमेत खण्डित हुने गरेको छ। निर्वाचनमा बाँडेका सपना र आश्वासन कहिल्यै व्यवहारमा परिवर्तन हुन सकेका छैनन्। जसले गर्दा जनताका लागि विकास र समृद्धिका कुरा ‘आकाशको फल आँखा तरी मर्’ जस्तै बन्न पुगेको छ।
त्यस्तै राजपुर बम काण्डका अर्का आरोपी पक्राउ परेको समाचार पनि नागरिकले पहिलो पृष्ठमै छापेको छ ।

कान्तिपुर दैनिकले कांग्रेस नेता रामचन्द्र पौडेलको अन्तर्वार्ता छापेको छ । ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ भन्ने पौडेलको भनाईलाई हाइलाइट गरेर कान्तिपुरले छापेको छ । सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् ।

यद्यपि, उनले यो टिकाउ नहुने बताउँदै यसमा काँग्रेस मौन बसेकाले पनि यस्तो भएको बताए । ‘यसमा सत्ताको मात्रै होइन, प्रमुख प्रतिपक्ष काँग्रेसको पनि कमजोरी हो । सत्ताले जनतालाई चिढाउने, सताउने काम गरेकै थियो तर त्यतिबेला काँग्रेसले देशको विकल्प दिन सक्नुपर्थ्यो । कम्युनिस्टले राम्रो गरेनन्, काँग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *