१.
रित्तो रहिछ
कचौराभरि लेदो
भर्याङमुनि !
२.
जिब्रो निस्केछ
गुजुल्टिएको सर्प
चिप्लो कुदाई !
३.
सुख्खा पोखरी
सपना भरिदिँदा
झस्केको आँखा !
४.
भिजेको मन
सुकाउन खोजेको
बिपना चुँढ्यो !
५ .
जाँडको झोल
बाटो नै घुम्न खोज्दा
मनै हरायो !
६ .
तातो बालुवा
गडेको नाङ्गो खुट्टा
लुकेको सूर्य !
७.
भित्रै उडाएँ
रिसाएको आकाश
आँसुको थोपा !
८ .
फूल घुसार्दा
काँडा नै भाँचिएछ
दलेको थुक !
९.
होचो पहाड
भित्रै गोडा गाडिँदा
दरिलो बाँस !




