१.
सोझो बनेर
खेलेको राजनीति
भुइँमा लडिबुडी ।
सादा जीवन
समय चुम्न खोज्दा
पछार्यो स्वार्थले ।
२.
लक डाउन
टाढिएको दूरीले
मनभित्र झझल्को ।
सङ्कट पर्दा
घरभित्र बसेर
ऐनामा उभिएको ।
३.
सिसाको घर
घमण्ड चुलिएमा
शत्रु बनेको आफैँ ।
गुमेको होस
अञ्जान बनिदिँदा
समयले तर्सायो ।
४.
निर्लज्ज बन्दै
स्वार्थ लुट्नको लागि
लम्पसार परेको ।
सुखदु:खमा
बनेर सहयोगी
दुई हातको ताली ।
५.
स्वतन्त्र देश
छाडातन्त्रको हावी
आँखा छोप्दै मुर्छित ।
सेतो कपडा
लागेको रातो दाग
पुछ् दा पनि गएन ।
६.
समृद्ध देश
उखान टुक्का गर्दा
हाँसो नै तरङ्गित ।
सौन्दर्य भूमि
स्वार्थलाई त्यागेर
बटुल्नु पर्छ खुसी ।
७.
मायाको मन
फराकिलो मैदान
खुसी सलबलायो ।
काँचो फलमा
झुती खेल्न खोजेको
आपतले रोकेको ।
८.
मायालु दिल
मन परेको मान्छे
बेर्नुछ अङ्गालोमा ।
इर्ष्यालु मन
शङ्का उब्जिदिदामा
बिछोडिएको प्रेम ।
९.
निष्ठुरी माया
विश्वास घात गर्दा
बुझाएँ आफ्नै मन ।
गहिरो प्रेम
जोडिएको भावना
लोभि बन्यो समय ।




