कला/साहित्य

सेडोका कविता

१‍‍.

सोझो बनेर

खेलेको राजनीति

भुइँमा लडिबुडी ।

सादा जीवन

समय चुम्न खोज्दा

पछार्‍यो स्वार्थले ।

२.

लक डाउन

टाढिएको दूरीले

मनभित्र झझल्को ।

सङ्कट पर्दा

घरभित्र बसेर

ऐनामा उभिएको ।

३.

सिसाको घर

घमण्ड चुलिएमा

शत्रु बनेको आफैँ ।

गुमेको होस

अञ्जान बनिदिँदा

समयले तर्सायो ।

४.

निर्लज्ज बन्दै

स्वार्थ लुट्नको लागि

लम्पसार परेको ।

सुखदु:खमा

बनेर सहयोगी

दुई हातको ताली ।

५.

स्वतन्त्र देश

छाडातन्त्रको हावी

आँखा छोप्दै मुर्छित ।

सेतो कपडा

लागेको रातो दाग

पुछ् दा पनि गएन ।

६.

समृद्ध देश

उखान टुक्का गर्दा

हाँसो नै तरङ्गित ।

सौन्दर्य भूमि

स्वार्थलाई त्यागेर

बटुल्नु पर्छ खुसी ।

७.

मायाको मन

फराकिलो मैदान

खुसी सलबलायो ।

काँचो फलमा

झुती खेल्न खोजेको

आपतले रोकेको ।

८.

मायालु दिल

मन परेको मान्छे

बेर्नुछ अङ्गालोमा ।

इर्ष्यालु मन

शङ्का उब्जिदिदामा

बिछोडिएको प्रेम ।

९.

निष्ठुरी माया

विश्वास घात गर्दा

बुझाएँ आफ्नै मन ।

गहिरो प्रेम

जोडिएको भावना

लोभि बन्यो समय ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *