रिबन

नेकपा कलहः अब के गर्लान् ओली ?

आजका पत्रपत्रिकाले राजनितिक देखि सामाजिक सवाललाई आफ्नो मुख्य विषयवस्तु बनाएर छापेका छन् । अन्नपूर्ण पोस्टले लोकमार्गले चम्किदैँ मध्यपहाडी लोकमार्ग शिर्षकमा तस्वीर सहित मुख्य खबर छापेको छ भने टसमस भएनन् ओली–प्रचण्ड शिर्षकमा नेकपा भित्रको अन्तरकलहलाई उजागर गरेको छ । सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ। सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै ‘अर्थपूर्ण’ भेटघाट गरेका छन्। अन्नपूर्णले लेखेको छ ।


त्यस्तै आजको नागरिक दैनिकले पनि नेकपाकै विवादलाई मुख्य बनाएर पहिलो पृष्ठमा छापेको छ । दुई मध्ये एक पद छाड्नुपर्ने प्रचण्डको बटमलाइन भएको खबर छापेको छ भने प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनकै प्रगति शुन्य भएको खबरलाई व्याङग्यात्मक कार्टुन सहित पहिलो पृष्ठमा छापेको छ । कार्टुन रोचक छ चुला चुलामा ग्यास, शिला शिलामा शिलान्यास ।


गोरखापत्र दैनिकले अब राजधानीमा कुकुर पाल्नेहरुले वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने खबरलाई छापेको छ । घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ ।
कान्तिपुर दैनिकले पनि नेकपाकै कलहलाई मुख्य खबर बनाएको छ । अब के गर्लान् ओली?ः यस्ता छन् विकल्प भन्दै कान्तिपुरले विभिन्न विकल्पबारे लेखेको छ । ओलीले अध्यक्षबाट राजीनामा दिए भने नेपाल अध्यक्ष बन्ने र प्रधानमन्त्री छाडे भने दाहाल प्रधानमन्त्री बन्ने समझदारी यो समूहले पहिले नै गरिसकेको छ । यो परिस्थिति आउँदा प्रधानमन्त्री ओलीले सरकारलाई आफ्नो पहिलो रोजाइमा राख्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *