रिबन

शक्ति प्रदर्शनसहित कांग्रेस नेता पौडेलले गरे पुल उदघाटन (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शक्ति प्रदर्शनसहित तनहुँको व्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गरेका छन् । उनले केही समयअघि मात्रै रिबन काटेर पुल उद्घाटन गरेका हुन् ।

सत्तारुढ दल नेकपाले बुधबार पुल उद्घाटनविरुद्ध प्रदर्शन गरेको थियो । बुधबार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो । प्रहरीले नियनत्रणमा लिएर बेलुकी मात्र पौडेललाई छाडेको थियो । पौडेलले रिहा भएलगत्तै आज पुल उद्घाटन गर्ने बताएका थिए ।
पुल उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्यहरु शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टरार्इ, कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत सहभागी थिए ।

त्यसअघि हजारौंको जुलुस दमौलीमा निकालिएको थियो । पौडेललाई आफ्नै गृहजिल्लामा विकासको काम उदघाटनमा सरकारले रोकेपछि जनता क्रुद्ध बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *