समाचार

ओली-प्रचण्ड टकरावले नेकपा अनिर्णयको बन्दी,सचिवालय बैठक पुनः बुधबार



काठमाडौं।आन्तरिक टकरावले फुटको संघारमा पुगेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक बुधबार पुनः बस्ने गरी सकिएको छ ।

एकले आर्काको हुर्मत लिएर दुई अध्यक्षले प्रतिवेदन सार्वजनिक गरेपछि नेकपाभित्रको विवाद वारकी पारको अवस्थामा पुगेको छ ।
कार्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको लिखित पत्रको प्रतिउत्तर मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आक्रमक शैलिमा फर्काएका थिए ।
आजको बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल भएको थियो । दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको थिये

मंगलबारको बैठकमा दुई अध्यक्षबीच भनाभन समेत भएको भयो स्रोतले भन्यो दुवै अध्यक्ष आफ्नो अडानबाट टसमस भएका छैनन । पार्टी र संसदमा अल्पमतमामा रहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई पार्टी र सरकारबाटै हटाउने प्रचण्ड–नेपाल पक्षको रणनीति छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *