एजेन्सी । करिब एक वर्षदेखि विश्वलाई आक्रान्त पारेको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण विश्वमा घट्दो क्रममा छ । पछिल्लो २४ घन्टामा विश्वभर ७ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ७ हजार ६९७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यो दर अघिल्लो दिनको तुलाना निकै कम हो । आइतबार सोमबार बिहानसम्म गरिएको अपडेट अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ९८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने आइतबार बिहान गरिएको अपडेटमा पछिल्लो २४ घन्टामा १३ हजार बढीको संक्रमितको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोना संक्रमितको मृत्युदर र संक्रमित हुनेको दर घट्दो क्रममा छ ।
पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख ९६ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार यो तथ्यांक ७० हजारले बढि थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा १४ लाख ५६ हजार ६ सय ८७ जनाको ज्यान गएको छ ।
विश्वमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड २३ लाख ६३ हजार ५२७ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ९३१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १४ हजार ५२१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ३३ हजार ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २९ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५०८ पुगेको छ ।




