काठमाडौं । प्रधानमन्त्री केपी ओली सामाजिक सञ्जाल निकै अध्ययन गर्ने नेतामा पर्छन् । पत्रपत्रिका अध्ययन गर्ने तथा सामाजिक सञ्जालमा के भाइरल भइरहेको छ भन्ने हेक्का ओलीलाई हरेक दिन रहने गर्छ ।
पछिल्लो समय भिडियो एप टिकटक संसारभर लोकप्रिय छ । झन्डै १५ सेकेन्डको भिडियो क्लिप टिकटकमा राखिन्छ । नेपालमा बालबालिकादेखि वृद्धवृद्धासमेत टिकटकमा झुमिरहेको देख्न सकिन्छ ।
यसैक्रममा सबै सामाजिक सञ्जाल माध्यममा उपस्थिति जनाएका प्रधानमन्त्री केपी ओलीले टिकटकमा पनि एकाउन्ट खोलेका छन् । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले चार दिनअघि अकाउन्ट खोलेको स्रोतले जनायो ।
ओलीको भिडियोलाई १५ हजार बढीले लाइक गरेका छन् । उनको अकाउन्टमा रहेको टिकटकमा भाषणको अंश राखिएको छ ।




