कला/साहित्य

तन्का कविता

१,

जाडो मौसम

बिछ्यानमा पल्टिंदा

खोजेछ तातो

निदाउन खोजेको

जिस्काएछ चिसोले ।

२,

धमिलो पानी

तिर्खा लागेको बेला

सम्झें छानेको

तड्पिएँ प्यासी बनी

पिएँ आँखै चिम्लेर ।

३,

धुलाम्मे बाटो

हिड्डुल गर्न सास्ती

पल्कदै काल

माक्स लगाई हिड्दा

जिस्क्यायो समयले ।

४,

माया जोडियो

खुशी सबै तानियो

नक्कली खुशी

चञ्चले भइदिंदा

पीडाको थुप्रै थुप्रो ।

५,

नक्कली हाँसो

समस्या आइपर्दा

चिनिन्छ मान्छे

सुखमा साथ दिने

दु:खमा भागी जाने ।

६,

पानको पात

चिप्लेकिरा टासिँदा

परेछ प्वाल

खोजेको लाज ढाक्न

निहुरिदै हिँडेको ।

७,

झिंगा बनेर

दु:ख दिन खोजेको

ज्यानै धराप

रिसराग उम्रदा

पोखरी नै भासिन्छ ।

८,

तित्रा बासेछ

ठूलो ठूलो स्वरमा

लम्के सिकारी

निशाना लगाउँदा

गर्भले छाति चौडा ।

९,

हिउँदे झरी

निथ्रुक्क भिजी हिड्दा

खोजी न्यायको

चिसोले जिस्काउँदा

कक्रिदै एकै डल्लो ।

१०,

पर्दा पछाडि

अँध्यारो रच्नेहरु

हौसिदै हिड्छ

कतिन्जेल हिड्ने हो

कालो मन बोकेर ।

११,

यात्राको बेला

बन्दीपुर उकालो

बढे घचेट्दै

स्वागत बाटोभरि

लालुपाते फूलले ।

१२,

बिषादी मन

जतिन्जेल बाचिन्छ

भाग्य बिधाता

जानाजान खाएर

जीवन धान्ने आश ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *