ताजा समाचार

देशभर चिसो बढ्यो, हल्का वर्षाको सम्भावना

काठमाडौं । केही दिन देखि देशभरको मौसममा परिवर्तन आएर चिसो बढेको छ । पश्चिमा वायुको प्रभावले मौसममा असर पारेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महासाखाको अनुसार आज हल्का वर्षाको सम्भावना छ ।
अगामी तीन दिनको मौसम पूर्वानुमान गर्दैै महाशाखाले आइतबारबाट मौसममा सुधार आउने जनाएको छ ।

शुक्रबार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाले जनाएको छ ।

यसैगरी, शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने र राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार काठमाडाैंकाे न्युनतम तापक्रम ७.४ डिग्री सेल्सियसमा झरेकाे छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *