रिबन

भारतीय प्रधानमन्त्री मोदीलाई ओलीको स्पष्ट सन्देश : सीमा विवाद छ वार्ताबाट समस्या समाधान गरौं

काठमाडौं । दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल भारतको सम्बन्ध नयाँ उचाईमा पुग्ने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने समस्याहरुको समाधान नेपाल भारत दुवैले वार्ताको माध्यमबाट खोज्ने बताए ।

दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्थ रहेका उनी विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्रृंगलाले विमानस्थलमै पत्रकारहरुसँग भ्रमणबारे छोटो कुराकानी गरे । नेपाली भाषामै बोलेका उनले आफ्नो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास दिलाए । कालापानी लिपुलेकबारे कुनै पनि एजेण्डा नभएपनि प्रधानमन्त्री ओलीसँगको भेटघाटमा भने यी सबै विषयलाई प्रधानमन्त्री ओलीले उठाउदै वार्ताको माध्यामबाट समस्या समाधान गर्नै बताइदिएर कालापनीको विवाद उठान गरेका थिए ।

कालापानी लगायतका सीमामा समस्या छन् नेपालले गम्भीरतापूर्वक लिएको छ भारतले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्छ भन्दै वाताको माध्यमबाट समस्या समाधान गर्न चाहेको सन्देश भारतीय समकक्षीलाई सुनाइदिन आग्रह गरेका थिए । दिउँसो परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी श्रृंगलाबीच द्विपक्षीय वार्ता भयो। वार्तामा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौड्यालले गरेका थिए भने, ९ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व श्रृंगलाले गरेका थिए। सो द्विपक्षी वार्ताका क्रममा भारत सीमा विवादका विषयमा वार्ता गर्न तयार जनाइएको अपुष्ट खवरहरु आए तर यसलाई कसैले पुष्टि गरेनन ।

नेपाल र भारतबीच नक्सा विवादका कारण आपसी सम्बन्धमा चिसोपना बढिरहेका बेला भारत सीमा विवादका विषयमा वार्ता गर्न तयार हुनुलाई नेपालको सफलता मान्न सकिने जानकारहरुले बताएका छन् । द्विपक्षीय वार्तापछि श्रृंगलाले शिष्टाचार भेट शुरु गरेका थिए। उनले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरे भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । ओलीसँगको शिष्टाचार भेटपछि श्रृंगलाले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । बुढानिलकण्ठमा सो शिष्टाचार भेट भएको हो । नेपाल–भारत सम्बन्धमा उतारचढाव आइरहेका बेला भारतीय विदेश सचिवको यो भ्रमणलाई नेपाल र भारत दुबैले महत्वका साथ हेरेका छन् । बिहीबार दिनभर भएका भेटमध्ये द्विपक्षीय वार्ता र प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग श्रृंगलाले गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्याइदिन आग्रह गरेको स्रोतले छ ।

भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए । दुवै देशका प्रधानमन्त्रीस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको बताइएको छ । प्रधानमन्त्री ओलीले सचिव श्रृंगलासँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराएका थिए ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो । त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *