खेलकुद

महान फुटबलर डिएगो म्याराडोनाको निधन

एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा बुधबार उनको निधन भएको हो ।
हृदयघातका कारण उनको घरमै निधन भएको अर्जेन्टिनाका स्थानीय मिडियाले जनाएका छन् ।
दुई साताअघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *