पोखरा । राजा आउ देश बचाउँको नारा बुधबार पोखराको सडकमा घन्कियो । राजतन्त्रको समर्थकहरुले राजतन्त्र पुस्र्थापना र हिन्दु राष्ट्रको माग गर्दै पोखरालगायत देशका विभिन्न सहरमा प्रदर्शन गरेका छन ।
प्रदेश २ राजधानी जनकपुरधाममा आयोजित मोटरसाइकल –यालीमा गाउँ गाउँबाट राजतन्त्र समर्थकहरु सहभागि भएका थिए । जुलुसमा सहभागीहरुले गन्तन्त्रवादीहरु देश चलाउन नसकेकोले नेपाललाई असफल हुनबाट जोगाउन राजा आवश्यक रहेको भन्दै उनीहरु राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।
–यालीपछि आयोजित कोणसभा श्रीमान गम्भीर नेपाली गीतबाट सुरु भएको थियो
जुलुसमा सहभागीहरुले ‘राजा आउ देश बचाउ, हिन्दू राष्ट्र कायम गर’ जस्ता नारा लगाएका थिए । नेपाल राष्ट्रवादी समूहद्वारा निकालिएको सो –यालीमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीबाट असन्तुष्ट भएका कार्यकर्ताहरु पनि सहभागी देखिन्थे। जनकपुरधामको रेल्वे स्टेशनवाट निस्केको सो –याली नगरको विभिन्न चोकको परिक्रमा गरेको थियो ।
यस्तै पोखरामा झाँकीसहितको जुलुस प्रदर्शन गरिएको थियो । जुलुसमा सहभागी अधिकांश युवा समुदाय सहभागी देखिन्थे । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन भएको छ । बुधबार पोखरामा आयोजित राजतन्त्र समर्थकहरुले मोटरसाइकल –यालीको आयोजना गरेको हुन । –यालीपछि आयोजित कोणसभा श्रीमान गम्भीर नेपाली गीतबाट सुरु भएको थियो ।
०६२–०६३ को जनआन्दोलनले विस्थापित गराएको तत्कालीन ‘राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली १२ वर्षपछि पोखरामा बजेको हो । यसैगरी प्रदर्शनमा सहभागीहरुले राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए । पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरेहको छ ।




