काठमाडौं । बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।
बिबिसीले मंगलबार सार्वजनिक गरेको विश्वका प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना म्याग्दीकी हुन् । उनले पछिल्लो समय विनयजंग बस्नेतसँग मिलेर बेवारिसे परेका शव जलाउने काम गर्दै आएकी छन् ।
बिबिसीको सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि समावेश छन्।





