विश्व

अन्ततः ट्रम्प जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार, प्रक्रियामा सामेल हुन निमन्त्रणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डानोल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार भएका छन् । निर्वाचन सकिएको तीन सातासम्म पनि ट्रम्पले अटेरी गर्दै आएका थिए । तर, अब उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न प्रशासनलाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाएका छन् ।

डोनाल्ड ट्रम्पले अमेरिकाको जनरल सर्विस अफ एडमिनिस्ट्रेशनलाई सत्ता हस्तान्तरणका लागि प्रक्रिया शुरू गर्न मञ्जुरी दिएका हुन् । उनले भनेका छन्, सत्ता हस्तान्तरणका लागि जे जे गर्नुपर्ने हो, त्यो गर्नुहोस् । ट्रम्पको निर्देशनलगत्तै जनरल सर्विस एडमिनिस्टेटर एमिली मर्फीले नवनिर्वाचित जो बाइडेनलाई चिठी लेखेर सत्ता हस्तान्तरण प्रक्रियामा सामेल हुन निमन्त्रणा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *