एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को संकटमा पर्दै गएका छन् । डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग नराम्ररी पराजित बनेका ट्रम्पले अझै हार स्वीकार गरिसकेका छैनन् । उनले ह्वाइटहाउससमेत नछाड्ने संकेत गरेका छन् ।
ट्रम्पले हार नस्वीकारे पनि सामाजिक सञ्जाल ट्वीटरपछि अब फेसबुकले आफ्नो प्लेटफर्मको आधिकारिक प्रेसिडेन्ट अफ दी यूनाइटेड स्टेटको अकाउन्ट इलेक्ट राष्ट्रपति जो बाइडेनलाई दिने तयारी थालेको छ ।
ट्वीटरले शुक्रवार नै बाइडेनले शपथ लिएकै दिन उनलाई अकाउण्ट जिम्मा लगाउने बताइसकेको छ । फेसबुकले पनि शनिवार यस्तो गर्ने घोषणा गरेको हो । दुवै प्लेटफर्मले २० जनवरीमा बाइडेनले शपथ लिएपछि अकाउण्ट जिम्मा लगाउनेछ। बाइडेनले ट्रम्पलाई इतिहासकै कमजोर राष्ट्रपति भनेर आलोचना गरिसकेका छन् ।
ट्रम्पले मतगणनामा धाँधली भएको भन्दै पेन्सेलभानिया, जर्जियो, एरिजोनालगायतका राज्यमा अदालतमा मुद्दा हालेका थिए । तर, ती सबै राज्यका अदालतले ट्रम्पको निवेदन खारेज गरिसकेका छन् ।




