१,
आत्माले चाहेपछि स्वीकारेर कामगर
जीवन जिउनुमा गर्वसाथ आनन्दछ
सुखद मनमा लिंदा सेवा धर्म सार्थक ।
२,
लेखेर चिठ्ठीपत्र उनलाई पठाइयो
बौलाह सरि भएँ तिनलाई सम्झिएर
ब्यर्थेको मुडे अडान देख्दा देख्दै जानियो ।
३,
अगाध प्रेमलीला छरिएर निस्किएछ
मान्दैन झुक्नेकुरा प्रेममय आत्मीयता
बाध्यता फरकबाटाे समाजले मानेन ।
४,
समय बलवान् रोकिदैन रोकिएर
सपना देख्छौ हामी पूर्णतामा बन्दी हुँदै
चलाख गोटी चालेर बौद्धिकता प्रस्तुत ।
५,
जिस्कने बानी मेरो केटाकेटी जस्तो लाग्छ
सहेर धेरैपल्ट धोखा खाएँ आफ्नै ठान्दा
बल्लपो जीवन बुझे ख्यालठट्टा मृत्यु हो ।
६,
सम्झेको तिमीलाई मध्यरात आफ्नै ठानी
बिर्सन नसकिने भएपछि आफै एक्लै
यौवन साटासाटमा तिम्रो माया लागेछ ।
७,
गुलाफ फुलेपछि मोहकता सबैलाई
क्षणिक आकर्षण टिकाउनै गार्हो पर्छ
मनको कौतूहलता क्षणभरै सेलायो ।
८,
झझल्को आइदिँदा खल्लो लाग्छ आफूलाई
कसरी बिर्सूँ भन्दा आइहाल्छ गफै अघि
देखियो भकुण्डे भूत तर्साएर गुडेको ।
९,
चाहना ठूलो थियो सँगै बाँच्ने सँगै
मर्ने नक्कली थाहा हुँदा टुक्राटुक्रा भयो मन
विश्वास जितेर मात्र मनोइच्छा जितिन्छ ।
१०,
शीतल छहारीमा एक्लै बसी मन साँटे
हृदय जल्न थाले शान्ति छैन मनलाई
हानेछ छटपटिएँ एक्लैएक्लै भएछु ।
११,
रुपले लठ्याएछ मन मिल्यो कति चाँडै
नजिकै भएपछि माया पनि गाढा भयो
झुक्किएँ कालो पोखरी भन्किएको माखाले ।
१२,
खोज्दैछु माया हर्ने मान्छेलाई यताउता
सम्झेर बिर्सनेलाई खाल्टो खोज्दै मेरा लागि
छाडेछ संझनालाई लत्याउँदै हिँडेछ ।




