रिबन

बालुवाटार जग्गा काण्ड : माधव नेपालविरुद्ध परेको रिटको आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । सत्तारुढ नेकपामा विवाद उत्कर्षमा पुगेका बेला बालुवाटार जग्गा प्रकरण पुनः चर्चामा आएको छ । बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको पनि संलग्नता रहेको र कारबाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा परेको रिटको सुनुवा आइतबार हुँदैछ।

सो प्रकरणमा नेकपा वरिष्ठ नेता नेपाललाई कारबाही गर्नुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटको सुनुवाइ आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले गर्न लागेको हो।

२९ माघ २०७६ मा न्यौपानेले नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार र महान्यायाधीवक्ता कार्यालयलाई पनि विपक्षी बनाई रिट दायर गरेका थिए ।

सर्वोच्चले अनुसन्धानका लागि अनुमति दिएको खण्डमा नेता नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नेछ। पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छादारसहित अनुसन्धानको दायरामा तानिएका बेला नेपालविरुद्ध छानबिन गर्ने कि नगर्ने भन्ने विषयको छिनोफानो सर्वोच्चले गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *