राजनीति

नारायणकाजीलाई सूर्य थापाको प्रहार, शंकर पोखरेलको गाडीमाथि ढुंगा हान्दा निदाउनुभएको थियो ?

काठमाडौं । सत्तारुढ नेकपामा नेताहरुमाथि हिलो छ्यापाछ्याप जारी छ । एक गुटका नेताले अर्को गुटका नेतालाई भित्तामै पुग्ने गरी आरोप प्रत्यारोप गरिरहेका छन् ।
चितवन र सुर्खेतको घटनापछि नेकपामा जुनसुकै बेला दुर्घटना हुन सक्ने आकलन गरिएको छ । चितवनमा शनिबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि प्रधानमन्त्री केपी ओली समर्थकले गरेको हुलहुज्जतको चौतर्फी आलोचना भइरहेको छ । जसका कारण नेताहरु नै विभाजित भएका छन् ।
माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराईलगायत धेरैले सो घटनाको निन्दा गरेका छन् । यसरी हुलहुज्जत गर्ने कार्यको निन्दा गरेकै आधारमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि मानमर्दन गरेका छन् ।
थापाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत श्रेष्ठको आलोचना गरेका हुन् । बु्टवलमा स्थायी कमिटी सदस्य शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गर्दा केही नबोल्ने अहिले चितवनमा नेकपा एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुव्र्यवहार भएको भन्ने श्रेष्ठको गुटगत दृष्टिदोष भएको भन्दै आलोचना गरेका छन् । पोखरेल ओली निकट नेता हुन् ।
थापाले लेखेका छन्, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिंदा निदाउनुभएको थियो क्यारे । चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ (गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी । दुवै स्थायी कमिटी सदस्य (तब न नारायणकाजी !’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *