खेलकुद

एन्फा अध्यक्ष कर्मालाई पूर्वअध्यक्ष गणेश थापाको चुनौति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालाई पूर्वअध्यक्ष गणेश थापाले चुनौति दिएका छन् । सामाजिक सञ्जालमार्फत् पूर्वअध्यक्ष थापाले बुँदागत रुपमा दिएको चुनौतिलाई वर्तमान अध्यक्ष शेर्पाले हलुका रुपमा लिए प्रत्युत्पादक बन्ने एन्फालाई नजिकबाट नियाल्नेहरुको ठम्याइ छ ।

पूर्वअध्यक्ष थापाले शेर्पालाई दिएको चुनौति यस्तो छ–

एन्फा अध्यक्षज्यू फिफा तथा एफसी र नेपाल सरकारले दिएको अनुदानबाट मात्र कार्यक्रम चलाउने हो भने एन्फामा रहेका पुराना कर्मचारी बिर बहादुरले पनि तपाईंले इतिहासिक भन्ने गरेका कार्यहरु गर्न सक्दछन।

त्यसकारण एन्फा अध्यक्षज्यू लाई मेरो कार्यकाल र आफ्नो कार्यकालको बिभिन्न जिल्लामा गएर तुलना नगर्न अनुरोध गर्न चाहन्छु। राम्रो काम गर्नुस सदैव मेरो हार्दिक शुभकामना छ। यदि तपाईलाई तुलना गर्न मन छ भने मैले यहा उल्लेख गरेका एन्फा ले आफ्नै स्रोतबाट संक्षिप्त रूपमा हाम्रो पहिलो चार वर्षको कार्यकालमा भएका कामहरु केहि बन्द भएका छन् भने साहिद स्मारक लिगको स्तर घटेको छ। त्यसकारण हिजो भएका कार्यक्रम निरन्तरता दिन प्रयास गर्नुस् र सक्नुहुन्छ भने हिजो भएका भन्दा राम्रो गर्न प्रयास गर्नुहोस्।

१‍‍‌‍‍‍ तपाईंको कार्यकालमा भएको कार्यहरु फिफा तथा एफसीले सबै सदस्य राष्ट्रहरुलाई र नेपाल सरकारले अनुदान दिएको रकम बाहेक एन्फाको स्रोतबाट कुनै एउटा कार्यक्रम भएको भए देखाउन हार्दिक अनुरोध गर्न चाहन्छु।

२ हिजो हाम्रो कार्यकालमा फिफा तथा एफसी ले सबै राष्ट्रलाइ दिने सहयोग पाच लाख डलर दिने गरेको थियो भने हाल आएर विगत पाच वर्षदेखि करिब पचास लाख डलर भन्दा बढी सहयोग गर्दै आएको छ। ठूलो मात्रामा सहयोग वृद्धि भएको भएतापनि सोहीअनुसार काम भएको देखिँदैन।

३ हिजो फिफाको रकमबाट लिग सञ्चालन गर्न २५ लाख प्राप्त गर्दथ्यो भने आज आएर करिब १० करोड प्राप्त भएको छ। हिजो का दिनको लिग र हाल सञ्चालन भएको लिगको बारेमा मैले कुनै चर्चा गरिरहनु नपर्ला। आम फुटबल प्रेमीहरुलाई लाई जानकारी नै छ।

४ हिजो खेलाडीहरुले प्राप्त गरेका कार र अपार्टमेन्ट जस्ता पुरस्कारहरु दिन नसकेर बन्द गर्नु भएको छ। किनभने यो फिफाको पैसाले दिन मिल्दैन। आफ्नै साधन स्रोतबाट दिन सक्नुहुन्न।

५ खेलाडीहरू र रेफ्री हरुलाई पारिश्रमिक दिनको निमित्त अक्षयकोष खडा गरी ८ करोड रुपियाँ राखिएको थियो। यसमा थप्ने काम गर्नुहोला। फिफाले दिएको रकम थप्न मिल्दैन। एन्फाको आफ्नै स्रोतबाट थप्ने हैसियत म देख्दिन। यदि थप्नु सक्नुभयो भने म निकै खुसी हुँदै तपाईलाई धन्यवाद दिन चाहन्छु।

६ एन्फासँग आबद्ध सबैको लागि उपचारको निमित्त राखिएको ५० लाख रुपियाँ अक्षय कोषमा थप्ने काम गर्नुहोला। यसमा पनि फिफाको रकम थप्न मिल्दैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *