कोशी प्रदेश

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

सखुवासभा । संखुवासभा चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान भएको समाचार प्राप्त भएको छ । गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकताबीच गोली हानाहान भएको हो ।

सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए ।

प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकताले गोली प्रहार गरेको डिएस्पी मल्लले बताए । विप्लव कार्यकताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरिङ खोलेको डिएस्पी मल्लले बताए ।

गोली हानाहानबाट मानवीय क्षति नभएको उनले बताए । प्रहरीले फाइरिङ खोलेपछि विप्लव कार्यकता भागेका थिए । त्यस क्षेत्रमा दुवै पक्षबाट केहीबेर फायर चलेको स्थानीयले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *