राजनीति

विवादको जड प्रधानमन्त्री ओली : बामदेव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादको जड प्रधानमन्त्री ओली भएको आरोप उपाध्यक्ष बामदेव गौतमले लगाएका छन् । उनले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन आग्रहसमेत गरेका छन् । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गौतमले ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

करिब १ घण्टा भएको छलफलमा गौतमले पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुमा प्रधानमन्त्री ओली नै दोषी रहेकाले अरुलाई आरोप लगाएर उम्किन नपाउने बताएका हुन् ।

पार्टीभित्रको विवादमा कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए । पछिल्लो समय ओलीले गौतमलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन आग्रह गरेको सन्दर्भमा दुईजनाबीच भेटवार्ता भएको हो । गौतमले आफु सरकारमा नआउने जानकारी प्रधानमन्त्री ओलीलाई गराएको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *