समाचार

डा. गोविन्द केसीलाई संक्रमण, उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सामाजिक अभियान्ता डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै डा. केसीको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । डा. केसीमा शुक्रबार कोरोना संक्रमण देखिएको हो । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको छ भने उनलाई खोकी पनि लागेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । केही दिनअघि मात्रै डा. केसी चिकित्सा शिक्षामा सुधारमा माग गर्दै १९ औं पटक अनसन बसेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *