शिक्षा / स्वास्थ्य

कोरोना भाइरसबाट विश्वमा १२ लाख ९४ हजारभन्दा बढीको मृत्यु

    
एएफपी। चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ९४ हजार ५३९ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ ।    
    
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड २७ लाख ७५ हजार ८४० व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ४० लाख ३३ हजार १०० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।    
    
कोरोना भाइरसको संक्रमणबाट बिहीबार, एकै दिनमा विश्वभरी ९ हजार ९२१ जनाको मृत्यु भएको छ । छ लाख ८ हजार ६२५ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिकामा १ हजार ५१२ र दोस्रोमा ब्राजिलमा ९०८ जना रहेका छन् ।    
    
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ४२ हजार ४३५ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ५ लाख ५५ हजार ४६९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकामा कम्तीमा ४० लाख ५१ हजार २५६ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।    
    
अमेरिकापछि ब्राजिलमा १ लाख ६४ हजार २८१ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५७ लाख ८१ हजार ५८२ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २८ हजार ६६८ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८७ लाख २८ हजार ७९५ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।    
    
मेक्सिकोमा यस भाइरसका कारण ९७ हजार ५६ जनाको मृत्यु भएको छ भने ९ लाख ९१ हजार ८३५ जना सङ्क्रमित भएका छन् ।संयुक्त अधिराज्यमा ५० हजार ९२८ जनाको मृत्यु भएको छ भने १२ लाख ९० हजार १९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *