काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गरेका छन् । शुक्रबार पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन् ।
उपाध्यक्ष गौतम भने केही समय बसेर निस्केका थिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहिरिएपछि प्रधानमन्त्री ओलीले पाँच जना नेताहरुलाई एकैछिन काम छ भनेर वालुवाटारमा अलग्गै छलफल गरेको स्रोतले जनाएको छ । सचिवालय बैठक बालुवाटारमा केही समय बसेर सकिएको थियो ।
बैठक सकिएपछि उनीहरुसँग छलफल गरेका हुन् । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसबारे ओलीले दिएको जवाफ अध्यनका लागि नेताहरुलाई दिइएको छ। अध्यक्ष द्वयका पत्र अध्ययनपिछ बैठक मंसिर ३ गते बस्ने भएको छ ।




