काठमाडौं । चीनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिएको छ । राष्ट्रपति निर्वाचित भएको एक सातापछि चीनले बाइडेनलाई औपचारिक रूपमा बधाई दिएको हो ।
विश्वका ठूला राष्ट्रहरूले बाइडेनलाई अमेरिकाको राष्ट्रपति निर्वाचित भएकोमा यसअघि नै बधाई दिइसकेका थिए । तर, चीनले औपचारिक रूपमा बधाई नदिएकोमा संसारभर चासो उत्पन्न भएको थियो ।
‘हामी अमेरिकन जनताको रोजाइको सम्मान गर्छौं,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यनमिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा भने, ‘हामी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिन चाहन्छौं ।’
अमेरिकाले भोलि शनिबार डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई औपचारिक रूपमा राष्ट्रपति निर्वाचित भएको घोषणा गर्दैछ ।




