राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक लामो समयपछि आज दिउँसो १ बजेबाट पार्टी कार्यालय सोनपामा बस्दैछ । समानुपाति सांसदमा मोहन पाण्डेको नाम अनुमोदन, समायोजन कुन चरणमा पुगेको छ, अन्य पार्टीबाट आएकालाई कुन हैसियत दिने र महाधिवेशनको नयाँ मिति तोक्न कांग्रेस बैठक बस्न लागेको बसेको हो ।

सूर्यकुमार केसीको निधनपछि रिक्त संसद पदमा मोहन पाण्डेको नाम अनुमोदन गरेर निर्वाचन आयोगमा पठाउने बैठकको पहिलो एजेन्डा रहेको पार्टी कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । यसैगरी अन्य पार्टीबाट आएका विजयकुमार गच्छदार, सुनीलबहादुर थापालगायतका नेताहरुलाई कुन हैसियत दिने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।

कोरोना भाइरस संक्रमणका कारण फागुनमा तोकिएको १४ औं महाधिवेशन हुने सम्भावना नदेखिएपछि नयाँ मितिका बारेमा छलफल हुने सम्भावना रहेको सचिव केसीले जानकारी दिए ।

विभाग, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायतमा पार्टीभित्रका विवादका विषयमा पनि छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । शीर्ष नेताहरुको विवादका कारण कांग्रेस केन्द्रीय समिति बैठक यसअघि चारपटक स्थगित भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *