काठमाडौं । बैतडी बस दूघर्टनामा परी मृत्यु हुनेमा ६ जनाको सनाखत भएको छ । कन्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको दोगडाकेदार गाउँपालिकाका ६ का बस्ने प्रहरी जवान रण बहादुर चन्द रहेका छन् । यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका डाडाकोटका जगन्नाथ ओझा, बैतडीको दोगडा केदार ६ सितडका कपिन्द्र प्रसाद जोशी, सोहि ठाउँका करन सिंह ऐडी, दार्चुला खरकडा बस्ने तर्कराज गिरीको पनि सनाखत भएको छ भने अन्य घटनास्तलमै मृत्यु भएका अन्य तीन जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा परी ४३ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती दूर्घटना हुँदा १ महिला ७ पुरुष गरी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दूर्घटनामा परी बसका चालक तथा सहचालकसहित ३४ जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये १० जनाको धनगढीमा रेफर भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकुश सिंहले बताए । उनका अनुसार अन्य २४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा कञ्चनपुर बेलौरी नगरपालिका ७ का २४ वर्षीय बिमला कुवँर, उनका २ वर्षका छोरा नितेश कुवँर र भीमदत्त नगरपालिका ६ का २४ वर्षीय दिपा चन्द रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका १ बस्ने ३५ वर्षका नरेश पन्त, वडा नम्बर २ का २५ वर्षीय दशरथ गिरी, वडा नम्बर ६ का कौशल साउद, वडा नम्बर ८ बस्ने ३० वर्षीय कल्पना कार्की, शुक्लाफाँटा नगरपालिका ६ का ६५ वर्षीय नरमा देवी धामी, सोही ठाउँका ५५ वर्षीय हर्क बहादुर धामी र बेलडाँडी ३ का २२ वर्षीय नरेन्द्र सिंह साउद रहेका छन् । यसैगरी, कैलाली गौरीगंगा नगरपालिकाका ११ का २५ वर्षीय बिरेन्द्र चौधरी, फुलबारीका २३ वर्षीय लोकेन्द्र बस्नेत, गोदावरी नगरपालिका २ का २९ वर्षीय यज्ञ राज कठायत, वडा नम्बर ३ का बेद प्रकाश धामी, फुलबारी १८ का ३५ वर्षीय दिनेश चौधरी, सोहि ठाउँका २२ को बिसाल घर्ति मगर रहेका छन् ।
यस्तै, बैतडी दोगडाकेदारका २२ वर्षीय बिमला बडु (जोशी), उनका २ वर्षीय छोरा सुशांक जोशी, दोगडाकेदार ७ का २७ वर्षीय अमृत बि।क, दोगडाकेदार गाउँपालिका ७ बस्ने बर्ष २८ को बिरेन्द्र कार्की, डिलासैनी १ का २० वर्षीय जनक धानुक, वडा नम्बर ४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, वडा नम्बर ७ का २२ वर्षीय नितेश भट्ट, पुर्चौडीका २५ वर्षीय सुरज लुहार रहेका छन् । यस्तै, दार्चुला सिप्टी ४ का पुरन टमटा, लेकम २ का ५९ वर्षीय बलदेब सिंह कार्की, काठमाण्डौ बस्ने १९ वर्षीय अजी लामा, २२ की अस्मिता बिष्ट, गोकर्णेश्वर ४ बस्ने २२ वर्षीय कर्ण बहादुर बिष्ट, शैल्यशिखर नगरपालिका ८ का धन सिह खत्री, सोहि ठाउँका २७ वर्षीय रमेश खत्री, मार्मा गाउँपालिका २ का २४ वर्षीय जानकी सिंह, सोहि ठाँउका ३ वर्षीय सिम्रन सिंह र अछामको चौरपाटी ४ का २९ वर्षीय अमृत कुमाल रहेका छन् ।




