रिबन

मल कारखाना स्थापना गर्न समिति गठन (मन्त्रिपरिषद्को निर्णयसहित)

काठमाडौं । नेपालमा रासायनिक मल उत्पादन गर्न सरकारले तीन सदस्य समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषाल सदस्य रहेका छन् ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै बिहीबार रासायनिक मल उत्पादन गर्ने उद्योग निकट भविष्यमै स्थापना गरिने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै बसेको मन्त्रिपरिषद बैठकमा स्वदेशमै रासायनिक मल उत्पादन गर्ने एउटा उद्योग खोल्ने प्रस्ताव ल्याएपछि उक्त निर्णय गरिएको थियो।

‘उद्योग खोल्न सम्भाव्यता अध्ययन र लगानीबारे अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ,’ उनले भने, ‘तत्कालका लागि जिटुजीबाट रासायनिक मल ल्याउने प्रक्रिया अगाडि बढाउन कृषि मन्त्रालयलाई निर्देशनसमेत मन्त्रिपरिषद बैठकबाट दिइएको छ।’

मन्त्रिपरिषद निर्णयको सुची :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *