राजनीति

प्रधानमन्त्री ओलीद्वारा निषेधाज्ञाकै उल्लंघन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निषेधाज्ञाकै उल्लघंन गरेका छन् । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले कात्तिक २५ देखि मंसिर २ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।
स्थानीय प्रशासनले सो अवधिमा सभा सम्मेलनमा रोक लगाएको छ । उद्घाटन, शिलान्यास, शुभकामना आदानप्रदान, सामूहिक रूपमा भेला भएर गरिने क्रियाकलाप गर्न नहुने निषेधाज्ञासम्बन्धी सूचनामा उल्लेख छ ।
तर, प्रधानमन्त्री ओलीले बुधबार मकालु गाउँपालिकामा विशाल आमसभा नै गरेका छन् । प्रधानमन्त्री ओलीले नै निषेधा उल्लंघन गरेको भन्दै अहिले उनको आलोचना हुन थालेको छ ।
आमसभामा उपस्थित हुनेले मास्कसमेत लगाएका थिएनन् । जसले गर्दा त्यहाँ कोरोना भाइरस संक्रमण झन फैलिने चिन्ता सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *