काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यले बोलाएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सहभागी हुन आनाकानी गरेका छन् ।
नेकपाका बहुमत सचिवालय सदस्यहरुले बिहीबार बैठक राख्न प्रस्ताव गरेका थिए । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
धुम्बराईमा पाँच भाइसँगको छलफल गर्नुअघि बालुवाटार पुगेका प्रचण्डले ओलीसँग त्यस्तो प्रस्ताव गरेका हुन् । यद्यपि सो विषयमा ओली मौन रहेका छन् । बुधबार ओली संखुवासभा जिल्लाको किमाथांका नाका अवलोकन गर्न जाने भएकाले प्रचण्डले सो प्रस्ताव गरेको भए पनि ओली मौन रहेको समाचारस्रोतको दावी छ ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको सो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।




