मुख्य समाचार

दाहाल बालुवाटारमा: कुरा नमिले बहुमत सचिवालय सदस्यले भोलिका लागि बैठक बोलाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरु भएको छ । भेटवार्तामा पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल हुनेछ ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको अनौपचारिक सचिवालय बैठक बोलाएपछि ओलीले भेट्नका लागि बालुवाटार बोलाएका थिए । भोलिसम्ममा सचिवालय बैठक बस्न ओली तयार भएमा अनौपचारिक बैठक स्थगित गरिने बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरेर पार्टीको बैठक बोलाउने तयारी गरेका छन् ।

दिउँसो ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेर भोलिका लागि औपचारिक बैठक बोलाउने प्रचण्डको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *