देश

कम्युनिष्ट चमत्कार : झगडा र भ्रष्टाचार

दुइतिहाई नजिकको जनसमर्थन कम्युनिष्टहरुका लागि भालुको कम्पट भएको छ, बनाएका छन् । पाँच वर्ष राम्रोसँग सत्ता चलाउन भन्ने भित्री सद्भावना राख्दा राख्दै पनि कम्युनिष्टहरुले गरिखान्छन भन्ने विश्वास चाहिँ लागेको थिएन र छैन । तर पनि परिवर्तनकाप्रति आम नेपाली जनताको वितृष्णा नबनोस भन्नाका खातिर सहज राजनीतिक अवतरण हुनसकेमा सक्षम राजनीतिक नेतृत्वले परिवर्तनलाई परिस्कारमा रुपान्तरण गर्ने साय पाउँछ कि भन्ने अपेषाले प्रणालीप्रति मोह जागृत गराइरहन्छ । जसका कारण सत्ता जसले सञ्चालन गरेता पनि शासन प्रणाली (व्यवस्था) का आधारभूत मान्यताहरु स्खलित नहुन भन्ने लाग्छ । तर यसको सकरात्मक पक्षलाई सत्तासिनहरले एकपटक होइन, पटक पटक आक्रमण गरेका छन् । जसले गर्दा परिवर्तनका प्रति नै नकरात्मक भाव उत्पन्न गराउने काममा बढोत्तरी हुँदै गएको छ । कम्युनिष्टहरुले त झन परिस्थितिलाई दिनप्रति दिन भयावह बनाएका छन् ।

वास्तवमा एमाले र माओवादीबीचको एकता नै स्वाभाविक र स्वस्थकर थिएन । फरक फरक राजनीतिक पृष्ठभूमि र प्रशिक्षणबाट आएका नेता कार्यकर्ताहरुले एकअर्कालाई स्वकार गर्ने अवस्था नै रहेन । त्यसमा पनि एमालेका ओली र माओवादीका दाहालको स्वभाव, चरित्र र आचरणले एकता र एकताबाट प्राप्त सत्ता स्वभाविक ढंगले चल्ने सम्भावना नै थिएन । माओवादीका दाहालले आफ्नो अस्तित्व रक्षाका लागि एमालेमा पार्टी विलय गराएका थिए । कुनै सिद्धान्त, विचार नीति र कार्यक्रम बगेर सत्ता स्वार्थमा आधारित भएर गरिएको एकताले पूर्णता पाउने सम्भावना नै थिएन । व्यक्तिगत स्वार्थ पूरा गर्न सकिन्छ कि भन्ने उद्देश्यबाट एउटाले अर्कालाई छिर्के दाउ लगाउने प्रवृत्तिका ओली र दाहालको नेतृत्वमा न पार्टी स्वभाविक ढंगले चल्न सक्थ्यो न त सरकार नै । ओलीले प्रारम्भमा असम्भव र काल्पनिक कथ्यहरु जोडेर चमत्कार देखाउने भाषण गरेर जसलाई पत्याउनेहरु आज अचम्मित भएका होलान । आवधिक निर्वाचनमार्फत् आफ्ना गलत निर्णय सच्चाउने चाहना आम मतदाताले राखेका हुनुपर्छ । त्यो भन्दा अगाडि नै धेरै कुरा बिग्रिसक्ने सम्भावनाले व्यवस्थाप्रति विश्वास राख्नेवर्ग र समुदायलाई चिन्तित बनाएको छ । यसतर्फ परिवर्तनकामी भन्ने न ओली न दाहाल नै गम्भीर छन् । जसरी पनि परिस्थितिलार्य जटिल बनाउने मिसनमा उनीहरु क्रियाशील देखिन्छन् ।

ओली र दाहालले एक अर्कालाई बुझेर नै मोर्चाबन्दी गरेका थिए, कि थिएनन होला ? भन्ने गम्भीर प्रश्न हरेकको मनमस्तिष्कमा आउँछ । अति आत्मविश्वास र भ्रमणले ओली र दाहाललाई एक ठाउँमा ल्याएको हुनुपर्छ । एमाले र माओवादीको विगतको सम्बन्ध, ओली दाहालको एक अर्कोप्रति आरोप प्रत्यारोपलाई भोग्ने देख्ने र हेर्नेहरुले आजको सम्भावनालाई अस्वभाविक मानेका छैनन होला । तर विषय व्यक्तिगत वा दलगत मात्र नभएर शासन प्रणाली, परिवर्तन र उपलब्धिसँग अन्तर सम्बन्धित भएकाले यसले सिंगो राजनीतिक प्रणालीमा पार्ने असर र परिवर्तनका मुद्दाहरुसँगको आम मानिसको सम्बन्धमा ल्याउने बदलावले निश्चय नै चिन्तित बनाउँछ । संविधानसभामार्फत् बनेको संविधान र संविधानले खडा गरेका संस्थाहरुको कमजोर र विवादस्पद गतिविधिले निश्चित रुपमा सकरात्मक सन्देश प्रवाह गर्दैन । राष्ट्रपति संस्थालाई नेकपाको विवाद समाधान समितिमा रुपान्तरण गर्न खोजिएको घटना निःसन्देह खेदजनक छ । कम्युनिष्टहरु आफ्नो स्वार्थका खातिर संवैधानिक र मर्यादित संस्थालाई कुन हदसम्म बदनाम गराउन तयार हुन्छन् भन्ने गतिलो उदाहरण बनेको छ ।

राष्ट्रपति कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत यस्तै बद्नाम बनाइएको छ । आफ्ना विरोधीहरुलाई तह लगाउने, भ्रष्ट कम्युनिष्ट सहयोगी र सदस्यलाई उन्मुक्ति दिने संस्थाको रुपमा अख्तियार प्रयोग गरिदैछ । यसले पनि व्यवस्थालाई नै बद्नाम गराउँदै छ । कम्युनिष्ट बर्वाद हुँदा चिन्ता होइन व्यवस्था बद्नाम गराउँदा सर्वत्र चिन्ता छाएको हो ।

सबैभन्दा पहिला ओली र दाहालले आफ्नो हैसियत महसुस गर्नुपर्यो । एमालेका असन्तुष्टहरुलाई साथमा लिएर ओलीलाई तह लगाउछ भन्ने मानसिकताबाट दाहाल मुक्त हुनसक्नुपर्छ । माओवादी बराबरी भएर एमालेमा विलय भएको होइन दाहाल ओली बराबरका अध्यक्ष होइन, ओलीका कार्यकारी अध्यक्ष मात्र हुन भन्ने पूर्व माओवादीका नेता र कार्यकर्ताले बझ्न प¥यो । प्रधानमन्त्री वा नेकपाको अध्यक्ष किस्तीमा राखेर दाहाललाई दिन ओलीले पार्टी मोर्चा गरेका हुन र ? ओली र दाहाल मिलेर नेपाललगायतका एमालेका नेता कार्यकर्ताहरुलाई केही सम्बन्ध ओलीको मिर्गौला प्रत्यारोपणसम्म ठीकै थियो । जब सफल प्रत्यारोपण भइ ओली थप केही समय क्रियाशलि हुने सम्भावना बढ्यो त्यसपछि दाहाल छटपठाएका त हुन् । यो कसले बुझेको छैन । यस्तो छोटो र अपरिपक्व सोच र चिन्तन राखेर गरिएको प्रयास (एकता) कसरी सफल सार्थक र विश्वासिला हुनसक्छ ? एक त कम्युनिष्ट चरित्रले नै विश्वासिलो होइन, अर्को व्यक्तिगत चरित्र पनि भरपर्दो थिएन, ओली र दाहालको यस्तो अवस्थामा कसले कसलाई चलाउँछ को कहाँबाट परिचालित हुन्छ भन्ने एकीन नै गर्न सकिँदैन ।

चिनियाँ राजदूतको खुला सक्रियाता होस् वा भारतीय खुफिया एजेन्सी ‘रअ’को प्रमुख गोयकका गुप्तचरण चरित्रको बदला ठूलो धमाका नै किन नहोस् यसमा सबैभन्दा अनुभवी त कम्युनिष्टहरु नै छन् । दाहाल त भूमिगत समयमा ‘रअ’ कै पाहुना भएर लामो समय भारतमा बसेका नै हुन् ।

बाह्रबुँदे सहमति गर्दा समेत ‘रअ’ कै मध्यस्ततामा गरिएकै घटना किन नहोस् । यी विषयमा सबैभन्दा बढी कम्युनिष्टहरु नै जानकार छन् । भारतसँगका सबै असमान सन्धी सम्झौताहरु खारेज गरिन्छ भन्ने कम्युनिष्टहरुकै होरिबसेका छन् ? सधैं दोहारो मापदण्ड बोकेर हजारौं नेपालीहरुको रगतको श्रापले चैनसँग निदाउन त कहाँ दिन्छ र ? कहिलेयता कहिले उत्ता, एमाले माओवादी, नेकपा सरकार चलाउन सम्पूर्णरुपले असफल मात्र भएको छैन, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको बहुदलीय शासन व्यवस्थालाई बद्नाम गराउन सहयोगी समेत भएको छ । जनताको तर्फबाट सोध्न मन लागेको छ कि आन्दोलन केका लागि थियो ? कथित जनयुद्ध किन गरिएको हो ? त्यता नेपाली आमाका छोराछोरीहरु किन मारिएका छन् ? टुहुरा, अपांग बेसहारा, विध्वंश केका लागि थियो ? एमालेमा पार्टी विलय गराएर ओलीसँग झगडा गर्न नै उल्लेखित सबै कर्म भएका हुन कि विचौलिया र ठेकेदारको बन्दोवस्तीमा मोजमस्तीको जीवन व्ययतत गर्नका लागि ? जवाफ दिनु पर्दैन ? उत्तरदायी नहुनु पर्ने हो ? यसकै लागि साथ दिएका हुन । मत यसैका लागि प्राप्त भएको हो ? जनताको विश्वास आपसी झगडामा समाप्त गरिदिने ? त्यही हो चमत्कार र कम्युनिष्ट सिद्धान्त ? ओली दाहाल नेकपा र नेपाल कम्युनिष्टहरुले जवाफ दिनुपर्छ । महामारीमा कम्युनिष्टहरुको उपहार झगडा र भ्रष्टाचार नै हो ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *