मुख्य समाचार

नेकपाका दुई अध्यक्षबीचको बैठक सम्पन्न, यस्तो भयो निर्णय

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच विहिबार पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो बालुवाटार पुगेका थिए  ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार दुई अध्यक्षबीचको छलफल सकिएको छ । करिब एक घण्टा लामो भएको आपसी छलफलमा पार्टीको आन्तरिक विषयमा छलफल भएको हुनसक्ने उनले बताए  । पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेका  बुझिएको छ ।

पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने सुझाव र दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरुभएको हो । यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो । बैठकमा भएको छलफल बारे विस्तृतमा जानकारी गराइएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *