रिबन

बाइडेन विजयको बाटोमा, ट्रम्पद्वारा पुनर्गणनाको माग

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदवार जो बाइडेन विजय नजिक पुगेका छन । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ ।

उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २ सय ७० सिट नजिक आफूलाई पुर्‍याएका छन् । आज बिहानसम्म उनले २ सय ६४ सिटमा जित निश्चित गरेका छन् ।

अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गरेका छन् । एरिजोनाका ११ र नेभाडाका ६ सिटमा डेमोक्रेट अगाडि देखिएकाले त्यो सत्र सिट उनी विजय हुन पर्याप्त हुने देखिएको छ ।

रिपब्लिक ट्रम्पले मतगणनामा डेमोक्रेटिक पक्षले झुक्याएको आरोप लगाउँदै पुनः मतगणनाको माग राखेका छन् । उनले आफूले हार व्यहोरेको मिसिगनमा हुलाकमा मतगणना स्थगित गरी छानविन गर्न पनि माग राखेका छन् ।

बाइडेनले आफू विजयी हुनेमा विश्वस्त रहेको बताएका छन । उनले एक एक मतको गणना गरिनुपर्ने पनि बताएका छन् । अहिलेसम्म ५० मध्ये ४१ राज्यबाट मतपरिणाम आइसकेको छ । बाँकी अधिकांशमा ट्रम्प अगाडि छन् । अमेरिकामा आगामी चार वर्षका लागि नयाँ राष्ट्रपति चयन गर्न मंगलबार मतदान सम्पन्न भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *