युएइ । युनाइटेड अरब इमिरेट्स (युएइ) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लगाएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्बिर ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् ।
उनले ट्वीटरमा युएइका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने टुइटरमा लेखेका छन् ।
यसअघि युएइका केही मन्त्रीहरुले यो खोप लिइसकेका थिए । युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ । तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।




