मुख्य समाचार

कांग्रेसले बोलायो कात्तिक २१ गते केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गते शुक्रबार दिनको १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ ।कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *