ताजा समाचार

‘रअ’का प्रमुख के सन्देश छाडेर फर्किए ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयल नयाँ दिल्ली फर्किएका छन् । उनले केही राजनीतिक र सामाजिक तहका नेताहरुलाई भेटेर फर्केका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ‘राजनीतिक चाप’ छाडेर स्वदेश फर्किएको स्रोतको दावी छ ।
बुधबार दिउँसो काठमाडौं उत्रिएका उनी आउनुको कुटनीतिक कारणबारे सरकार नाजवाफ छ । गोयलले उच्च तहका राजनीतिक भेट गरेको भन्ने विषयमा सरकारले जवाफदेहिता प्रस्तुत गरेको छैन ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गोयलसँग भेट नभएको दाबी गरेका विवरण सतहमा आएका छन् । त्यसैगरी माधव नेपालको सचिवालयले पनि भेटघाट नभएको जनाएको छ ।
भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।गोयल नेपाल आउनुको प्रमुख उद्देश्य नेपालको राजनीतिक परिवेशलाई फरक दिशामा घुमाउने प्रयत्नका रुपमा व्याख्या गरिएका टिप्पणीहरू सुनिन थालेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *