ताजा समाचार

नेकपाको विवाद पुरानै अवस्थामा, ओली-प्रचण्ड आरोप प्रत्यारोपमा

काठमाडौं । आन्तरिक विवादमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँच महिनापछि विवाद अहिले पुरानै अवस्थामा पुगेको छ । पाँच महिनादेखिको आन्तरिक विवाद २६ भदौपछि सुल्झेन लागेपनि कर्णाली प्रदेशले अविस्श्वास प्रस्तावले पुरानै अवस्थामा फर्काएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दिउसो कर्णाली प्रदेशका नेताहरुसँग छलफल गर्नेक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लै पार्टी चलाएको आरोप लगाएपछि विवाद पुरानै अवस्थामा फर्केको हो । ‘शनिवार दिउसो हामीसँगको भेटमा प्रधानमन्त्री ओली प्रचण्डप्रति निकै आक्रमण देखिनु भयो,प्रचण्डजीले बेग्लै पार्टी चलाउन खोजेजस्तो लाग्यो । एकै दलका नेताहरुसँग पनि बेग्लै बेग्लै बोलाएर छलपल गर्नुहुन्छ त्यो छलफल भएन गुटबन्दी भयो यो राम्रो भएन’, प्रधानमन्त्री ओलीको भनाई उद्यृत गर्दै छलफलमा सहभागी कर्णाली प्रदेशका एक नेताले भने । उनका अनुसार प्रधानमन्त्री ओली प्रचण्डका पछिल्ला गतिविधिप्रति सन्तुष्ट देखिएनन । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि गुटबन्दी गर्न पाइन्छ यो फरक पार्टीका नेताहरुले गर्ने व्यवहार भैगोनि भन्दै ओली प्रति आक्रमक भएको ती नेताको दावी छ । उता प्रचण्डले पनि सरकार चलाउनुको साटो पार्टीभित्रका नेताहरुलाई उकासेर विवाद खडा गरेको आरोप लगाएका छन् ।
आइतबार विहान आफू निकटका नेताहरुसँग प्रचण्डले खुमलटारमा डाकेर ओली सरकार चलाउनुको साटो आफू विरुद्ध पार्टीका स्थानीय नेताहरुलाई उचालेर विवाद खडा गर्न लागेको बताएका थिए । कर्णालीको विवाद समाधानको क्रममा काठमाडौं आएका कर्णालीका नेताहरुसँग प्रचण्डले खुमलटारमा मूख्यमन्त्री शाही र यमलाल कँडेल पक्षलाई बेग्लाबेग्लै बोलाएर छलफल गरेपछि ओली प्रचण्डसँग चिसिएका थिए भने प्रचण्डले छुट्टै पार्टी चलाएको भनेपछि ओलीसँग चिसिएका थिए । प्रचण्डले कर्णाली प्रदेशका नेताहरुलाई भेट गरेकोका प्रधानमन्त्री केपी ओलीलाई चित्त नबुझेपछि शनिवार आक्रोस पोखेका थिए । दाहालले पनि आइतबार आफू निकटका नेताहरुसँग आक्रोस व्यक्त गरेको स्रोतको दावी छ । मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि प्रधानमन्त्री ओलीले त्यसको प्रतिक्रियामा अब प्रदेशमा आफूहरुको निर्देशन नभई केही कदम नचाल्न आदेश दिएको प्रचण्ड पक्षका नेताहरुको भनाइ छ । ‘प्रधानमन्त्रीको समेत योेजनामा कर्णालीका मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएपछि अब आफ्नो शक्ति जोगाउन उहाँले उपाय खोजिरहनुएको छ,’ कर्णालीबाट प्रतिनिधित्व गर्ने एक नेताले भने, ‘शनिबार बालुवाटारमा उहाँले आफ्नो निर्देशनबिना केही नगर्न दिएको अभिव्यक्ति त्यही छटपटीको संकेत हो ।’
प्रदेशका दुई नेताको पक्ष विपक्षमा विभाजनको विषय बनेको यो मामिला अब केन्द्रका दुई अध्यक्षबीचकै विवादको विषय बनेको अर्का स्थायी समिति सदस्यले बताए । ‘प्रचण्ड पक्षकै मुख्यमन्त्री भएका ठाउँबाट किन विवाद बढाउन खोजियो ? यदि नेपाल पक्षले समयमै अविश्वासको प्रस्ताव फिर्ता नलिएको भए मुख्यमन्त्री त हटाइने रहेछन् र यसमा ओली भर्सेस प्रचण्ड भएर कदम चालिएको देखियो,’ ती नेताको दावी थियो यस्ता गतिबिधिले दुई अध्यक्षबीचमा दुरी झन् बढाउने र तिक्तता सिर्जना गर्ने ती नेताले औल्याए । प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीसँग छलफल गरेका थिए । सो भेटका बेला ओलीले अध्यक्ष प्रचण्डले एउटै पार्टी भएर पनि छुट्टै पार्टी चलाए जसरी नेताहरुसँग भेट गरेको भन्दै असन्तुष्टि पोखेका थिए ।
प्रधानमन्त्रीले मुख्यमन्त्री शाही र नेपाल पक्षका नेताहरुबीच बनेको सहमतिलाई समेत नमान्ने बताएका थिए । शनिवारको छलफलमा ओलीले दाहाल र जनार्दन शर्मालाई पनि बोलाएका थिए । तर दुवै जना वालुवाटार गएनन । शर्मा कर्णालीका पार्टी इन्चार्ज हुन । कार्यकारी अध्यक्ष प्रचण्ड वालुवाटार नआएपछि आफू प्रचण्डसँग छलफल गरेर कर्णालीको विषयमा निकास दिने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *