ताजा समाचार

वामदेव विरुद्धको मुद्धा दशैपछि मात्रै सुनुवाई हुने

 काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको मुद्धा दशैपछि सुनुवाई हुने भएको छ । आइतबारबाट देशैभरका अदालत बन्द भएपछि गौतमको मुद्धा दशैपछिलाई सरेको हो । सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै आइतबार देखि सबै अदालत बन्द रहने जानकारी दिएको हो । अब कोजाग्रत पूर्णिमासम्म सर्वोच्च, उच्च, जिल्ला, विशेष अदालत र न्याधिकरणहरु बन्द हुनेछ्न् । अदालत बन्द भए पनि नागरिकका मौलिक हक जोडिएका वन्दि प्रत्यक्षीकण रिट निवेदनमा भने शनिबार र दसैँको दिन बाहेक सुनुवाइको लागि अदालत खुला गरिएको छ । तर पन्ध्र दिनसम्म मुद्दाका नियमित काम कारवाही रोकिने छ्न् ।
पन्ध्र दिनसम्म अदालत बन्द हुने भए पछि अरु मुद्दासँगै सम्बैधानिक इजलासमा हेर्दाहेर्दैको अवस्थामा रहेको नेकपाका उपाध्यक्ष गौतमको राष्ट्रियसभामा मनोनयन विरुद्द परेको रिटमा पनि दसैँ पछि मात्र सुनुवाइ हुने भएकोे हो । कोभिड महामारीका बीच हिन्दूहरुको महान चाड दसैँ र तिहार परेकाले न्याय सम्पादन कार्यमा गम्भीर मर्का परेको छ । यसै पनि कोभिड त्रासका कारण गत चैत देखि नै न्यायमा संकुचन गरिएको थियो । कोभिडका कारण अदालत र बार एसोसिएशनमा यस पटक शुभकामना आदान प्रदानका सबै कार्यक्रम रोकिएका छ्न् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *