देश

२४ घण्टामा थप दुई हजार नौ सय ४२ जनामा कोरोना पुष्टि, २३२६ डिस्चार्ज

काठमाडौं । २४ घण्टामा २ हजार ९४२ जना कोरोना संक्रमित थपिएका छन । १४ हजार ८ सय ७५ जनाको पीसीआर परिक्षण गर्दा २ हजार ९४२ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमितको कुल संख्या एक लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार २३२६ जना कोरोना संक्रमण मुक्त भएका छन । अहिलेसम्म ९२ हजार १६६ जना संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ६९.७ प्रतिशत छ । ३९ हजार ३४१ सक्रिय संक्रमित मध्ये २६ हाजार ४ सय ८ होम आईसोलेशनमा १२ हजार ९ सय ३३ संक्रमित संस्थागत आइशोलेशनमा छन ।

मोरङ, सुनसरी, मकवानपुर, काठमाडौं, ललितपर,भक्तपुर, चितवन, कास्की, दाङ, सुर्खेत, रुपन्देही जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मुस्ताङमात्र रहेको छ ।

नेपालमा पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
३०१ जना आसीयुमा र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन । गत २४ घण्टामा १२ जना कोरोना संक्रमित पुरुषले ज्यान गुमाएका छन । नेपालमा कोरोना संक्रमणबा ७३९ जनाले ज्यान गुमाइसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *