काठमाडौं । गृहमन्त्रालयले दसैंको समयमा शक्तिपीठहरुमा नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर यस्तो निर्देशन दिएको हो ।
कार्यालयलाई शक्तिपीठमा भीडभाड हुननदिन बिहीबार परिपत्र गरेको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले जानकारी दिए । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दसैंमा शक्तिपीठ तथा मठमन्दिर खोल्न आग्रह गर्दै सीसीएमसीलाई सिफारिस पठाएको थियो ।
मन्त्रिपरिषद्ले यो विषयमा कुनै निर्णय नगरेकोले गृहमन्त्रालयले नृत्यपूजाका निम्ति मात्र शक्तिपीठ खोल्न परिपत्र गरेको हो ।




