काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष संसद बोलाएर कोरोना महामारी नियन्त्रणको विषयमा छलफल गर्नु पर्ने बताएका छन । कोभिड-१९ अनुगमन समितिका तर्फबाट समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले तयार पारेका प्रतिवेदन बुझ्नेक्रममा देउवाले सो धारणा व्यक्त गरेका हुन ।
सभापति देउवाले सरकार जनताको पिरमर्का प्रति बेखबर भएको आरोप लगाएका छन । जनताको जीवन कष्टकर हुदै जादा समेत कुनै राहतको व्यवस्था सरकारले गरेको छैन देउवले भने कोभिडको महामारी फैलिरहेको छ । भेन्टिलेटर, आइसोलेसन, औषधीको पर्याप्त व्यवस्था गरिएको छैन । स्वास्थ्य सामाग्री खरीदमा समेत सरकार भ्रष्टाचारमा लिप्त भएको छ ।
संक्रमण रोक्नका लागि सरकारले कुनै पनि कार्यक्रम नल्याए विरोधका कार्यक्रम अगाडि बढाउने सभापति देउवाले चेतावनी दिएका छन ।




