काठमाडौं । २४ घण्टामा चार हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन । १६ हजार ५ सय ३१ जनाको पीसीआर परिक्षण गर्दा ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५४ हजार १ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण मुक्त भएर शुक्रबार ३ हजार ५ सय २२ जना निको भएका छन । अहिलेसम्म ८८ हजार ४० जना संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ६९.८ प्रतिशत छ । ३७ हजार ८३२ सक्रिय संक्रमित मध्ये १६ हाजार ५ सय ३१ होम आईसोलेशनमा १३ हजार ६ सय ४९ संक्रमित संस्थागत आइशोलेशनमा छन ।
नेपालमा पीसीआर विधिबाट १२ लाख ५४ हजार १७६ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ । गत २४ घण्टामा १९ जना कोरोना संक्रमित पुरुषले ज्यान गुमाएका छन । नेपालमा कोरोना संक्रमणबा ७५१ जनाले ज्यान गुमाइसकेका छन ।




